'म हेलिकप्टर चडेर भोट हाल्न गएकी छैन, गाडीमा आएको हुँ'- सांसद् माझी

| जेठ ६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

०६ जेठ, रामेछाप । बागमती प्रदेशकी सांसद रिता माझीले आफूलाई राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान गर्न हेलिकप्टर 'चडेर' आएको भनिएकोमा आपत्ति जनाएकी छिन् । 

 


सांसद् माझीले बिहिबार सामाजिक संजालमा स्पष्टिकरण दिदै, हुदै नभएको भ्रम फैलाइएको बताएकी छन् । केही संचारमाध्यममा सांसद् माझी भोट हाल्न हेलिकप्डर चडेर आएको समाचार प्रकाशित भएका थिए । सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै रामेछापबाट समानुपातिक सांसद् बनेकी सांसद् माझीले आफू गाडीमा दक्षिणकाली-सिस्नेरी- भिमफेदि हुँदै हेटौंडा आएको बताएकी छन् । 

 


उनले सामाजिक संजाल फेस्बुकमा लेखेकी छिन् -'म राष्ट्रिय सभा निर्बाचनको क्रममा मतदान गर्नको निमित्त आज गाडीमा दक्षिणकालि, सिस्नेरि, भिमफेदि हुँदै हेटौंडा गएको हु । केही अनलाइनहरुमा हेलिकप्टरबाट गएको भनी प्रकाशित समाचार प्रति घोर आपत्ति प्रकट गर्दै खण्डन गर्दछु ।' 

 

 

साथै सांसद माझीले राप्रपाका नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र आमसमुदायमा यस्ता खालका असत्य समाचार र सूचनाबाट भ्रमित नहुन पनि आग्रह गरेकी छन् । 
बिहान ९ बजेदेखि जारी मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । 

 


निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी ९नेमकिपा०का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार