विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले मन्थलीलाई दियो आगो लागी तथा डढेलो नियन्त्रण उपकरण

| माघ २९, २०७९ आइतबार

A A A
A A A

२९ माघ, रामेछाप । राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरण कार्यालयले रामेछापको मन्थली नगरपालिकालाई आगो लागी तथा डढेलो नियन्त्रण सम्बन्धी विभिन्न उपकरण प्रदान गरेको छ  । 

 

प्राधिकरणले स्थानीय विपद व्यवस्थापन समितिले गरेको मागको आधारमा आगो लागी तथा डढेलो नियन्त्रण र उद्धारमा खटिँदा आवश्यक पर्ने उपकरण प्रदान गरेको मन्थली नगरपालिकाका इन्जिनियर डिल्ली अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘ स्थानीय विपद व्यवस्थापन समितिको माग गरेको थियो । हामीले पायौँ । जिल्ला विपद व्यवस्थापन समितिलाई पनि परेको कुरा आएको छ ।’

 

आइतबार काठमाडौँ स्थित राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको कार्यालयले इन्जिनियर अधिकारीलाई सामाग्री प्रदान गरेको उनले बताए । इन्जिनियर अधिकारीका अनुसार आगो लागी र डढेलो नियन्त्रणको लाग आवश्यक पर्ने विभिन्न सेटका सामाग्री १० जनालाई पुग्ने उपलब्ध गराइएको छ । 

 

पोर्टेवल फायर पम्प, फायर स्वाटर, फायर र्याक, बेल्चा, प्राथमिक उपचारका सामानहरू, जम्प सुट, फायर बुट, हेलमेट, हेड टर्च लगायतका उपकरणहरू रहेको उनले बताए । यस अगाडि स्थानीय विपद व्यवस्थापन समितिले प्राधिकरणलाई सामाग्री प्रदान गर्ने गरेको मागलाई प्राथमिकता दिँदै सामाग्री उपलब्ध गराएको प्राधिकरणले आधिकारिक सामाजिक सञ्जाल मार्फत जनाएको हो । 

 

प्राप्त जानकारी अनुसार जिल्लाका सबै स्थानीय विपद व्यवस्थापन समितिले यस्ता सामाग्री माग गरेको थिए । साथै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले पनि आगो लागी, बाढी, पहिलो लगायत बिपदका घटनाबाट बच्ने उद्धारमा अत्यावश्यक सामाग्री माग गरेका थिए ।