सुनापतिमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

| फागुन १, २०७९ सोमबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछापको सुनापती गाउँपालिका वडा न २ दिमिपोखरीमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सोमबार देखि सुरु भएको छ । 

 

 

प्रतियोगितामा विभिन्न पालिका गरी कूल ९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।  सोमबार आज उद्घाटन कार्यक्रम सहित पहिलो खेल आयोजक सुनापती गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका बिच सम्पन्न भएको छ । जसमा लिखु तामाकोशी गाउँपालिका टिमले विजयी सुरुवात गरेको छ । 

 

भोलि मङ्गलवार पहिलो खेल खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिका बिच हुने आयोजकले जनाएको हो । 

 

प्रतियोगिता आउँदो ४ गते सम्म चल्ने छ ।