कोरोना रोकथाम, उपचार र नियन्त्रण गर्न कांग्रेसले सरकारलाई  बुझायो १५ बुँदे ज्ञापन पत्र

| जेठ ६, २०७८ बिहिबार

फोटो सूर्य थापाको फेस्बुकबाट साभार
A A A
A A A

०६ जेठ, रामेछाप । कोरोना रोकथाम, उपचार र नियन्त्रणबारे नेपाली कांग्रेसले सरकारलाई १५ बुँदे ज्ञापन पत्र बझाएको छ । आज सभपति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रधामन्त्री ओलीलाई ज्ञापन पत्रक बझाएका हुन् । कोभिड—१९ महामारीको पहिलेको भन्दा अहिले कयौं गुणा भयावहसिद्ध भएको उल्लेख गर्दै देउवाले सीमा नाकाहरुको समयमा नै समुचित व्यवस्थापन गर्ने तर्फ सरकार गम्भीर नुहँदा पनि यो अवस्था सिर्जना भएको बताएका छन् । 
युवाहरुमा देखिएको बढ्दो संक्रमण र मृत्युदर थप चिन्ताको विषय भएको देउवाको ठहर छ । 

संक्रमित विरामीहरुलाई टाढा-टाढाबाट सिमित सहरी क्षेत्रहरुमा रहेका अस्पतालहरुमा पु¥याउन यातायात सुविधाको समस्यासँगै हेलिकोप्टर लगायतका यातायातका साधनको चर्को मूल्यले सामान्य नागरिकलाई अस्पतालमा पुग्न असम्भव भएको छ भने अस्पतालमा पुगेका विरामीहरुले चर्को अस्पताल खर्च व्यहोर्न पर्ने स्थितिले आम नागरिकहरु स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर भएको उल्लेख छ । सभापति देउवाले हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको सुनिश्चितता गर्न माग गरेका छन् । 

 

त्यस्तै पहिलो चरणमा स्वास्थ्य सामाग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको सम्बन्धित निकायहरुबाट स्वतन्त्र रुपमा छानविन गर्ने वातावरण सुनिश्चित गरेका छन् । 

 


त्यस्तै हाल देखिएको अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेका छन् । 


देशका हरेक जिल्लाहरुमा आवश्यकता अनुसार अस्पताल बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरेका छन्  । 


त्यस्तै संक्रमणको तेश्रो लहरले बालबालिकाहरु समेत गम्भीर रुपमा प्रभावित हुने विज्ञहरुले प्रक्षेपण गरिरहेको स्थितिमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउने विशेष सचेतना अभियान चलाउन माग गरेका छन् । साथै संक्रममित हुने सम्भावनालाई ध्यानमा राखी छुट्टै आईसियू बेड लगायत आवश्यक उपचार पूर्वाधार तयार पार्न पनि भनेका छन् । 
कन्ट्याक्ट टे«सिङको आधारमा बढी भन्दा बढी पिसिआर परिक्षणको व्यवस्था गर्न भनेका छन् । 

 


त्यस्तै निजी अस्पतालहरुले उपचार शुल्क र हेलिकोप्टर कम्पनीहरुले रेस्क्यू सेवा शुल्क अत्याधिक लिने गरेको गुनासो व्याप्त रहेको भन्दै निम्न आय भएका दूरदराज क्षेत्रका कोरोना संक्रमित नागरिकहरुको उपचार अत्यधिक महँगो हुन गई अकालमा मृत्यु हुने स्थितिलाई दृष्टिगत गर्दै यस्ता शुल्कहरुलाई न्यायोचित गर्न सरकारले नियमन र सहुलियतको व्यवस्था लागू गर्न माग गरेका छन् । 


अक्सिजन लगायत अन्य आवश्यक औषधीहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्न पनि उनको माग छ । 
कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरुको जीवन निर्वाहको आवश्यकताहरुलाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गर्न देउवाको  माग छ । 

 


गत बजेटमा स्वास्थ्य पूर्वाधारको व्यापक विस्तार गर्ने घोषणा भए पनि उपलब्धी नगन्य भएकोले हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल र देशको हरेक जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चितता गर्न सचेत गरेका छन् । 

 

 

त्यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको मनोबल उच्च राख्न स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श दिने र उनीहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्न हरेक जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्न आग्रह गरेका छन् । 

 

 

स्थानीय निकायहरुलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितहरुको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी मिलाउन पनि उनको आग्रह छ । 


त्यस्तै सीमा नाका र अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आवत-जावतलाई पिसिआर परिक्षण र अन्य कोभिड—१९ मापदण्डको सुदृढ व्यवस्थापनका आधारमा नियमन गर्न देउवाको माग छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार