७ जना गैरसांसद मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश जारी (पत्रसहित)

| जेठ ६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

६ जेठ, रामेछाप । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो ।

 


सांसद नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा हुन् ।

जारी आदेश हे्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार