पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविलाई, जनता मावि कोलन्जोर दोस्रो

| फागुन ७, २०७९ आइतबार

A A A
A A A

७ फागुन, रामेछाप । ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि गौरीशंकर माविले उचालेको छ । गत शुक्रवार देखि जिल्लाको पुरानो सदरमुकाम रामेछाप स्थित टुँडिखेलमा आयोजित रनिङ शिल्डको उपाधि गौरीशंकरले जितेको हो । 

 

नगर भित्रका १३ वटा माद्यामिक विद्यालयको सहभागितामा भएको सो प्रतियोगितामा १२ वटा विद्यालयलाई पछि पार्दै उसले रनिङ शिल्ड सहित मेडल, प्रमाण जितेको हो । विजेता खेलाडीलाई नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले शिल्ड सहितका प्रमाणपत्र प्रदान गरे । 

 

प्रथम स्थान हाँसिल गरेको गौरीशंकरले ३८ स्वर्ण, २९ रजत र १४ कास्य पदक जितेको हो । 

त्यस्तै जनता माद्यामिक विद्यालय कोलन्जोरले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित द्वितीय भएको छ । रेणुकादेबी माद्यामिक विद्यालयले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित तृतीय भएको छ । 

 

तीन दिने प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, रिले दौड, तेक्वान्दो, हाई जम्प, लङ जम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, र सटपुमा छात्र, छात्राले सहभागिता जनाएका थिए ।