जिल्ला कारागार रामेछापका क्षमता भन्दा दोब्बर कैदी बन्दी, ठाउँ नपुगेर खाट्मुनी बस्छन् कैदी

| फागुन ९, २०७९ मंगलबार

फाइल फोटो ।
A A A
A A A

९ फागुन, रामेछाप । जिल्ला कारागार रामेछापमा क्षमता भन्दा झन्डै दोब्बर कैदी बन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएका पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा ठाउँ अभाव भएको हो । 

 

रामेछाप नगरपालिकाको वडा नं ८ रामेछाप डाँडा स्थित जिल्ला कारागार १ सय ५० जना क्षमताको हो । तर, अहिले ३ सय ३५ जना कैदी बन्दी राख्नु परेको कारागार प्रमुख रूपलाल तामाङले रामेछाप टाइम्सलाई बताए ।  उनले भने ‘अहिले ठाउँ नपुगेर खाट मुनी समेत ओछ्यान लगाएर राख्नु परेको अवस्था छ । यसले धेरै समस्या नै छ ।’

 

उनका अनुसार एउटै कोठामा १५ राखिएको छ । त्यस्तै भान्सा कोठालाई पनि बिचबाट बारेर २ जना राख्नु परेको हो । यसरी राख्दा दर्घट्ना निम्तीन सक्ने जोखिम देखिन्छ । 

 

हाल १७ जना महिला सहित ३ सय ३५ जना कैदी रहेका छन् । ठाउँ अभावमा कैदीको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख तामाङले बताए । जिल्ला कारागार सानो हुँदा आगामी दिनमा यसले कैदीको सुरक्षा व्यवस्थापन चुनौती पूर्ण देखिएको हो ।