लिखुको सैपु फेदीमा सुरु भयो १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

| फागुन १०, २०७९ बुधबार

A A A
A A A

१० फागुन, रामेछाप । रामेछापमा १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बुधवार देखि सुरु भएको छ । एक भव्य समहारोका बिच खेलको यो समाचार तयार पार्दा सम्म  उद्घाटन् हुँदै छ । 

 

पर्सी १२ गते सम्म चल्ने जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहका १८ वर्ष मुनिका विद्यार्थी छात्रा छात्रले भाग लिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख अर्जनु कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

०७४ साल यता कोरोना महामारीले हुन नसकेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो पटक स्थानीय तहको समेत सक्रियतामा लिखु तामाकोशी गाउँपालिकाको वडा नं २ सैपुको लिखु खोला किनार सैपु फेदीमा आज सुरु भएको हो । 

 

खेलको प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रदेश सांसद आनन्द श्रेष्ठ समेतको उपस्थितिमा उद्घाटन गरेका छन् । 

 

भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँते गरी ६ विधामा छात्रा र छात्र दुवैको प्रतिस्पर्धा गर्ने रनिङ शिल्डमा भाग लिएका विद्यार्थीहरू पालिकाहरूको समन्वयमा हिजै त्यहाँ पुगेका छन् । यस अगाडी अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतिगोयतामा विजेता खेलाडीबाट छनोट गरेर पालिकाले खेलाडी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराएका छन् । 

 

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ सुरु भएको खेलमा प्रथम हुनेले राष्ट्रपति रनिङ शिल्ड जित्ने छ । भने, प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।