जिल्ला अस्पताल रामेछापमा सुरु भयो ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम, ३० वर्ष माथिकको निःशुल्क परीक्षण हुने

| फागुन १२, २०७९ शुक्रबार

A A A
A A A

१२ फागुन, रामेछाप । जिल्ला अस्पताल रामेछापमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम सुरु भएको छ । 

 

आज शुक्रवार देखि पुरानो सदरमुकाम रामेछाप नगरपालिका स्थित जिल्ला अस्पतालमा सेवा सुचारु भएको अस्पतालले जनाएको छ । सो सेवाको आज एक कार्यक्रमकारबिच शुभारम्भ गरिएको छ । 

 

मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको अध्यक्षता र  रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा वडा नं ७ का वडा अध्यक्ष सन्तोष तामाङ  सहितको उपस्थितिमा सेवा सुचारु भएको अस्पतालले जनायो ।

यस कार्यक्रम मार्फत लक्षित समूहका ३० वर्ष भन्दा माथिका व्यक्तिहरूलाई नसर्ने रोगको परीक्षण, निदान, परामर्श र उपचार निःशुल्क गरिने जनाइएको छ । 

 

यस अगाडि हिजो बिहीबार देखि अस्पतालले डायलासिस् सेवा सञ्चालनमा ल्याएको थियो । सेवालाई निरन्तरता दिँदै आज पनि एक जनाको डायलासिस् गरिएको अस्पतालले जनाएको हो । 

 

यी रोगको हुने छ निःशूल्क परीक्षण