रामेछापमा आज ३९ जना कोरोनामुक्त, ८० जनामा संक्रमण

| जेठ २०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२० जेठ, रामेछाप । रामेछापमा आज (बिहिबार) थप ८० जना कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमितसहित जिल्लामा संक्रिय संक्रमितको संख्या ४४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विज्ञप्ति मार्फत जनाएको छ । 

 


आज जिल्ला अस्पतालमा ८ जना, रामेछाप नगरपालिकामा ४० जना, खाँडादेवी गाउँपालिकामा १२ जना, गोकुलगंगा गाउँपालिकामा २ जना, लिखु तामाकोशी गाउँपालिकामा २ जना र तामाकोशी अस्पतालमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

 


यस्तै दोरम्बा गाउँपालिकामा ११ जनामा पीसिआर परीक्षणबाट कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमितसहित गत बैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कूल संख्या १ हजार ४०९ जना पुगेको छ ।


त्यस्तै आज थप ३९ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ९५६ जना पुगेका छन् ।

 

रामेछाप जिल्लामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १० जना पुगेको छ । गत बुधबार एक पुरुषको निधन भएसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाएको छ ।

 

जिल्लाका विभिन्न अस्पतामा उपचार हुन नसकि थप उपचारको लागि १६ जना रेफर गरिएको छ । 

 


कोरोना महामारीलाई लक्षित गरि ६० बेड्को क्वारेन्टिन् विभिन्न गाउँपालिका तथा नगरपालिकाले तयार पारेका छन् । भने १ सय ६८ वेड्को आइसोलेसन कक्ष  निर्माण गरिएको छ  । 
बिहिबार सम्ममा ३ सय ५१ जना होम आइसोलेसनमा बसेका छन् । भने ४२ जना संस्थागत् आइसोलेसनमा बसेका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार