खाँडादेवी गाउँपालिकाले गर्यो ‘नमुना सांसद’ अभ्यास (फोटोफिचर)
१६ फागुन, रामेछाप । खाँडादेवी गाउँपालिकामा एक दिने ‘नमुना सांसद’ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले पालिका भित्रका ९ वटै वडाबाट ५–५ जना विद्यार्थीहरूको सहभागिता गराएर सोमबार सो कार्यक्रम गरेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विद्यार्थी, शिक्षक प्रतिनिधि सहित पालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, वडा अध्यक्षहरू सहितको उपस्थितिमा विद्यार्थीहरूको क्षमता विकास गर्ने र सिकाउने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।
पालिकाको शिक्षा शाखाको सहजीकरणमा भएको कार्यक्रममा बालबालिकाले देश सञ्चालनमा प्रतिनिधिहरूले कसरी छलफल गरेर नीति निर्माण गर्न सक्छन् भन्ने विषयमा बालबालिकाले नमुनाको रूपमा भाग लिएका थिए ।
तस्बिर हेर्नुहोस् ।
तस्बिर पालिकाको पेज ।