नक्कली लाइसेन्स बनाउने रामेछापका युवा काठमाडौँमा पक्राउ

| फागुन १६, २०७९ मंगलबार

नवीन मानन्धर ।
A A A
A A A

१६ फागुन, रामेछाप । सवारी चालक अनुमति पत्र लाइसेन्स नक्कली बनाएको आरोपमा रामेछापका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका वडा नं ५ घर भई हाल भक्तपुरको ब्याँसी बस्ने २८ वर्षीय नवीन मानन्धर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

 

उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

 

 

उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले दुई वटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ ।