मन्थली २ मा व्यावसायिक च्याउ खेती सम्बन्धि तालिम

| फागुन १९, २०७९ शुक्रबार

A A A
A A A

१९ फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं २ मा च्याउ खेती सम्बन्धि तालिम संचालनमा आएको छ । शुक्रवार वडा नं २ को सोतीमा छोटो अवधिको ६५ दिने व्यावसायिक च्याउ खेती तालिम भइरहेको हो । 

 

रामेछाप बहु प्राविधिक शिक्षालय र सिटिभिटीको सहकार्यमा वडा कार्यालयको समन्वयमा भएको तालिममा वडाका २० जनाको सहभागिता जनाएका छन् । 

 

गत माघ २८ गते नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको उपस्थितिमा सहभागीहरूलाई तालिम सुरु गरिएको हो । अहिले धामाधम सहभागीहरूलाई च्याउ खेती गर्नको लागि सविन सुवेदी र अमन बुढाथोकीले प्रशिक्षण दिइ रहेको बताइएको छ । 

 

यो तालिममा अवधिमा उत्पादन भएको ५० पोका च्याउ बिक्री गरिएको आयोजकले जनाएको छ । त्यस्तै च्याउ उत्पादन राम्रो भएकाले अबको केही दिनमा फेरी बिक्रीको लागि समेत च्याउ तयारी अवस्थामा रहेको बताइएको छ । 

 

तालिम सुभारम्ब गर्दै नगरपालिकाकी उपप्रमुख बस्नेतले सिकेको सिपलाई प्रयोगमा ल्याउन आग्रह गरिन् । उनले च्याउ यहाँको बजारमा राम्रो बिक्री हुने भन्दै उत्पादनमा जोड् दिँदै आत्मनिर्भर बन्नु पर्ने बताइन् ।