मन्थली नगरपालिकाले हाल सम्म कूल ३५‍.६४ प्रतिशत बजेट खर्च, यस्ता छन् निर्णय ?

| फागुन १९, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१९ फागुन, रामेछाप । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हाल सम्म करिब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको जनाएको छ । गत पुस अन्तिममा गरेको हिउँदे अधिवेशन सम्पन्न हुँदा सम्म ६ महिनामा २७ प्रतिशत मात्रै बजेट खर्च गरेको भन्दै आलोचना खेपेको यो नगरपालिकाले एक महिनाको अवधिमा करिब १४ प्रतिशत खर्च गरेको जनाएको हो । यो खर्च पनि सन्तोष जनक नदेखिएको हो । 

 

बिहीबार बसेको नगरको कार्यपालिका बैठकमा बजेट खर्च बारेमा जानकारी लिँदै चालु आर्थिक वर्ष २०७९÷ चालु खर्च ४१.१९ प्रतिशत र पुँजीगत खर्च २४.४५ प्रतिशत गरी जम्मा ३५.६४ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । 

 

शुक्रवार नगर कार्यपालिका बाट भएका निर्णय सार्वजनिक गर्दै बजेट खर्च बारेमा जानकारी गराइएको छ । बैठकले विभिन्न ८ बुँदे  निर्णय गरेको बैठक पछि जारी निर्णयमा उल्लेख छ । 

 

निर्णय हेर्नुहोस्