आगो लागि पीडित हायुको परिवारलाई आर्थिक सहयोग प्रदान

| फागुन २०, २०७९ शनिबार

A A A
A A A

२० फागुन, रामेछाप । गत फागुन ४ गते आगोलागिमा परी पीडित रामेछाप नगरपालिका वडा नं ८ का जितबहादुर हायुको परिवारलाई आर्थिक सहयोग हस्तान्तर गरिएको छ । 

 

रामेछाप काठमाडौँ सृजनशील समाज र रामेछापका सहयोगी मन (रासम) को सहकार्यमा विभिन्न व्यक्तिसँग सहयोग जुटाएर उनीहरूलाई नगद सहयोग प्रदान गरिएको रासम सदस्य जय मानन्धरले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘पीडामा परेकाहरुलाई हामी अरुबेला पनि सहयोग गर्दै आएका हौं । उहाँलाई पनि सकेको गर्यो मानन्धरले भने ।’ 

 

उनका अनुसार शनिवार पीडितको आगोलागिबाट जलेको घरमै पुगेर नगद ५० हजार ५५४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

 

हायुको घरमा आगो लाग्दा घर र एक गोठ पूर्णपुरमा जलेर नष्ट भएको छ । उनको परिवारलाई आगो लागेपछि नगरपालिकाले पनि राहतका सामाग्री प्रदान गरेको थियो । 

राहत रकम प्रदान गर्दै, तस्बिर रासम फेस्बुकबाट साभार ।