२ महिने पार्टी सुदृढीकरण अभियान चलाउने माओवादी केन्द्र रामेछापको निर्णय, स्ववियुमा गठबन्धन हुन्छ कि हुँदैन ?

| फागुन २१, २०७९ आइतबार

A A A
A A A

२१ फागुन,  रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी, यसका भातृ संस्था र अन्य पार्टी निकट संस्थाहरूलाई बलियो र सुधारेर लैजाने गरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ, मन्थली नगरपालिका पार्टी वरिष्ठ उपाध्यक्ष दीपक प्रसाईँले रामेछाप टाइम्सलाई भने । 

शनिवार (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक बैठकले पार्टीलाई थप बलियो बनाउँदै लैजाने केन्द्र र प्रदेश कमिटीको निर्णय अनुसार अगाडि बढ्ने निर्णय गरेको प्रसाईँले बताए । तर, कहिले देखि सुरु गर्ने भन्ने विषयमा नगर र पालिका कमिटीले मिति तय गर्ने छन् । 

 

उनका अनुसार सबै पालिका र नगर कमिटीले आउँदो चैत्र ७ गते बैठक राखेर तल्लो तह सम्म पुगेर सङ्गठनमा रहेका समस्या, गुनासा र समाधान खोज्ने माओवादीको तयारी छ । यसले सङ्गठनलाई थप कसिलो र बलियो बनाउने उनले बताए । 

बैठकले समसामयिक राजनीतिक विषयमा समेत केन्द्रित भएर छलफल गरीको बताउँदै जिल्लामा आउँदै गरेको रामेछाप उद्योग वाणिज्य सङ्घको निर्वाचनको विषयमा पनि छलफल भएको बताए । 

 

त्यस्तै बैठकले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा भने गठबन्धन गरेर जानेकी के ? गर्ने भन्ने विषयमा थप छलफल भइरहेको जानकारी दिए । ‘त्यस विषयमा छलफलमै छौँ, केही दिनमा बसेर निर्णय गर्छौँ ।’