नेपालले चाइनिज ताइपेलाई २-० ले हरायो

| जेठ २०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२१ जेठ, रामेछाप । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित हाँसिल गरेको छ ।

 

 

नेपालले चाइनिज ताइपेलाई २-० गोलले हराएको हो । 

 


नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । 

 


यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने स्थान पक्का गरेको छ । 

 

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

 

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । 


 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार