प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
फाइल फोटो
२१ जेठ, रामेछाप । प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।
बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कानून व्यवसायी समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका छन् ।
