पूर्व सांसद एवं माओवादीका अग्रज नेता विष्णुलाल वाइबाको निधन

| जेठ २१, २०७८ शुक्रबार

A A A
A A A

२१ जेठ, रामेछाप । नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ । 

 

 

उच्च रक्तचाप र मधुमेहबाट पीडित वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा बिहिबार साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो । 

स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी चौ म को केन्द्रीय सदस्य भएका थिए । 

 


२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं‌ ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

 


वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरण पछि केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्य समेत बनेका थिए । 

 


वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । 


 प्रचण्डले शोक बिज्ञप्ति जारी गर्दै वाइबाको निधनले कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको बताएका छन् ।

शोक पत्रहेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार