रामेछाप उद्योग वांणिजय संघको निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मत खस्यो, गणना सुरु गर्ने तयारी

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापको  आज भएको मतदानमा ९० प्रतिशत बढी मत खसेको छ । 

 

आज बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म भएको मतदानमा ९०.३४ मत अर्थात् १ हजार २ सय ५३ मत खसेको संघको निर्वाचन कार्यालयले जनाएको छ । कूल मत १३ सय ८७ रहेको थियो । 

संघको नेतृत्वको लागि नेपाली काँग्रेस र नेकपा माओवादी निकट व्यवसायीको तर्फबाट (गठबन्धनको) तर्फबाट नवीन कुमार थापा मगर र एमाले निकट व्यवसायीको तर्फबाट नवराज ढुङ्गेको नेतृत्वमा चुनावी प्रतिस्पर्धा भएको छ । 

 

मतसहितको पेटीका रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा ल्याइएको छ । आजै अहिले केही बेरमा प्रतिस्पर्धी सहित बैठक बसेर मतगणना सुरु हुने तयारी भइरहेको छ ।