सामाजिक रुपमा जातिय छुवाछुत अन्त्य गर्नका प्रधानमन्त्री ओलीको आह्वान

| जेठ २१, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२१ जेठ, रामेछाप  । आज छुवाछुतविरूद्दको राष्ट्रिय दिवस मनाईदै छ ।

 

छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय प्रथालाई कानुनी रुपमा अन्त्य गरेका उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक रुपमा अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन सबैमा आह्वान गरेका छन् । 

 


उनले जातीय आधारमा हुने सवै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, वहिष्करण, बञ्चितिकरण र हिंसालाई राज्यले कानुनी रुपमा अन्त्य गर्दै यसलाई निषेध गरेको बताए । 


वर्तमान सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पहिचान गरेको उल्लेख गर्दै ओलीले त्यसलाई प्राप्त गर्ने संकल्प गर्दै त्यहाँसम्म पुग्ने बाटो तय गरेको बताए ।

 

 

जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको प्रधानमन्त्री ओलीको जिकिर छ । 

 


प्रधानमन्त्री ओलीले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरे । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार