‘अविनाश’को क्याम्पसमा देखिएको लोकप्रियता र नेविसंघको आवश्यकतालाई बुझेर अगाडी सरेका हौँ - अध्यक्ष बुढाथोकी (भिडिओ)
२९ फागुन, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका अध्यक्ष विनोद बुढाथोकीले नेविसंघले लोकप्रियता र क्याम्पसको आवश्यकतालाई बुझेर स्ववियुको उम्मेदवार अगाडि सारेको बताएका छन् । यसले आफूहरूको जित सुनिश्चित भएको उनको भनाई छ ।
जिल्लाकै एक मात्रै स्ववियु निर्वाचन हुन लागेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेविसंघ, अखिल (क्रान्तिकारी र अनेरास्ववियूबिच तालमेल गरेर उम्मेदवारी दर्ता गराउँदै उनले यस्तो बताएका हुन् । नेविसंघले गठबन्धनको तर्फबाट सोही क्याम्पसको दोस्रो वर्षमा अध्ययनरत अविनाश कार्कीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको उल्लेख गर्दै कार्कीको लोकप्रियता क्याम्पसमा राम्रो रहेको र राजनीतिमा पनि सक्रिय देखिएकाले उनलाई अगाडि सारेको बताएका हुन् ।
तीन सङ्गठनहरूको तालमेल बलियो र राष्ट्रिय स्तरकै भएको स्मरण गर्दै अध्यक्ष बुढाथोकीले गठबन्धनको जित सुनिश्चित भएको जिकिर गरे । उनले ‘नेविसंघ एकलैले पनि जित्ने हाम्रो विश्वास हो । तर, आजको आवश्यकता र सबै मिलेर जाने सहमतिपछि गठबन्धन गरिएकाले जित्ने पक्का रहेको जिकिर गरे । ‘जित्नेमा हामी एक्लैले जित्ने विश्वास छ । अज सबै मनैदेखि मिलेर जानु पर्ने देखियो । त्यसैले विजय पक्का छ ।
स्ववियु निर्वाचनमा भाग लिने चर्चामा रहेका नेविसंघका नेताहरु भन्दा फरक उम्मेद्वारलाई अगाडी सार्नु पार्टीको आग्रह, सुझाव र आजको आवश्यकता रहेको उनको भनाई छ ।
नेविसंघमा आन्तरिक विवाद नरहेको तर, नेतृत्वको लागि सामान्य असहमति रहेको उल्लेख गर्दै नेविसंघको जितको लागि सबै विद्यार्थी नेता, पार्टी सक्रिय भएर लाग्ने स्पष्ट परे ।