प्रगतिशील युवा समाजद्वरा गुन्सी स्वास्थ्य चौकी स्वस्थ्यलाई स्वास्थ सामाग्री सहयोग

| जेठ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२, जेठ। रामेछाप ।  प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती  गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीलाई स्वस्थ्य सामाग्री  हस्तान्तरण गरेको छ ।

 

कोरोनाको दोस्रो भेरियन्ट आएसगैं गाउँ -गाउँमा पनि महामारी फैलिएको छ र विभिन्न स्थानमा आइसोलेसनहरु निर्माण गरि नियन्त्रण र रोकथामका प्रयास भैरहेका छन् । यस्तै सुनापती गाउँपालिका वडा नं १ गुन्सी स्वास्थ्य चौकीमा पनि आइसोलेसन निर्माण गरिएको थियो । समाजले उक्त आइसोलेसनलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको जानकारी दिएको छ ।

 


स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र  ग्लोब्स (पञ्जा) २०० पिस लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका सदस्य सुशिल चौलागाईँले जानकारी दिइन् ।

 

हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरु मध्य केही आविष्कार केन्द्रले प्रगतिशील युवा समाजलाई सहयोग गरेको उनले बताइन् ।

 

उक्त स्वास्थ्य सामाग्री मध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान केन्द्रले सहयोग  स्वरुप प्रदान गरेको चौलागाईँले बताइन् । 

 


समाजले आफ्नो स्थापना कालदेखि नै संकटको बेला विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार