काभ्रेपलाञ्चोक र भक्तपुरबाट ४० वटा खसी-बोका चोरेर बेच्ने रामेछापका ३ जना पक्राउ

| चैत १८, २०७९ शनिबार

A A A
A A A

१८ चैत, रामेछाप । भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधेका खसी बोका चोरी गरेर बिक्री गर्ने रामेछापका २ जना सहित मासु पसल सञ्चालक पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा खसी बोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाने ट्याक्सी चालक रामेछापको दोरम्बा सैलुङ वडा नं १ घर भई सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र दोरम्बा सैलुङ ७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । 

 

प्रहरीका अनुसार चोरी भएका खसी बोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछापकै मन्थली नगरपालिका–५ सुनारपानी घर भई अहिले काठमाण्डौको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको छ । 

 

अनुसन्धानका क्रममा उनीहरूले काभ्रेपलाञ्चोकको विभिन्न ८ ठाउँबाट र भक्तपुरको १७ ठाउँबाट ४ बोका र ३६ खसी गरी ४० वटा खसी बोका चोरी गरेर बिक्री गरेको खुल्न आएको प्रहरी उपरीक्षक केसीले बताए ।