सुनारपानीमा स्थानीयलाई वडाको समन्वयमा राष्ट्रिय वाणिज्य बैंकले दियो वित्तीय साक्षरता

| चैत १८, २०७९ शनिबार

A A A
A A A

१८ चैत, रामेछाप । राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले वित्तीय साक्षरता कार्यक्रमलाई जोड् दिएको जनाएको छ । बैंकले प्रदान गर्दै आएको सेवा प्रवाहलाई सेवाग्राही मैत्री बाउनको लागि गाउँ–गाउँ पुगेर बैंकको बारेमा थप स्पष्ट पार्न थालेको हो । 

 

 

यसै क्रममा शनिवार बिदाको दिनमा समेत मन्थली शाखाले सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा सोही वडा कार्यालयको समन्वयमा वित्तीय साक्षरता प्रदान गरेको वडा अध्यक्ष रविन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘वडाको समन्वयमा स्थानीय किसान, पेन्सनवाला, आमा समूह लगायतलाई वित्तीय साक्षरता प्रदान गरेको हो, अध्यक्ष कार्कीले भने ।

वाणिज्य बैंक मन्थली शाखाका प्रमुख मुकेश दाहालको अध्यक्षता र वडा अध्यक्ष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया सहितको कार्यक्रममा स्थानीयहरूले बैंककिङ कारोबार गर्दा आइपरेका समस्या, गुनासा र जिज्ञासा सुनाएका थिए । 

 

देशको आर्थिक क्षेत्रमा भइरहेको अन्यौलताका बिच व्यवसाय गर्ने तयारीमा जुटेका स्थानीयलाई बैङ्कसँग समन्वय गरेर सहुलियत कर्जा उपलब्ध गराउने, व्यवसायी बनाएर आत्मनिर्भर बनाउने यो छलफल निकै उपलब्धि मूलक रहेको अध्यक्ष कार्कीले बताए । शुक्रवार पनि सोही बैंकले रामेछाप निर्माण व्यवसायीहरूलाई वित्तीय साक्षरता प्रदान गरेको थियो ।