बोलेरो दुर्घटना अपडेट: चालकको घटना स्थलमै मृत्यु, ७ वर्षीय बालिका र जापानी महिला सहित ६ घाइते

| चैत १९, २०७९ आइतबार

A A A
A A A

१९ चैत, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुकमा शनिवार भएको बोलेरो दुर्घटनामा एकको घटना स्थलमै मृत्यु भएको छ । भने, एक जना जापानीज् नागरिक सहित ६ जना घाइते भएका छन् । 

 

राकाथुमको डाँडा गाउँ डेलपोखरी भन्ने स्थानमा तालदुमबाट काठमाडौँ तर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको डबल क्याप बोलेरो भीरबाट खस्दा खाँडादेवी गाउँपालिका वडा ७  बस्ने ३३ वर्षीय कालुमान तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी लुभुघाटले जनाएको छ । 

 

सो दुर्घटनामा जापानी नागरिक ४३ वर्षीय महिला सातो काजुभी सहित अन्य ५ जना नेपाली सामान्य घाइते भएका छन् । घाइते हुनेमा खाँडादेवी ७ कै ३७ वर्षीय रूपसिंह तामाङ, सोही ठाउँका  २३ वर्षीय सुस्मा तामाङ, १० वर्षीय नेस्नल तामाङ, ३३ वर्षीय सबिना तामाङ, ७ वर्षीय कुईन तामाङ, ४२ वर्षीय दिनेश श्रेष्ठ रहेका छन् । 

 

घाइते मध्ये रूपसिंह, सबिना, कुईन,  दिनेश र जापानी नागरिक सातोको अवस्था सामान्य रहेको छ । भने, मृतक कुलमानकी छोरी सुस्मा र छोरा नेस्नलको भने अवस्था मध्यम रहेको छ । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको लुभुघाटका प्रहरी सहायक निरीक्षक रामकृष्ण श्रेष्ठलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

बोलेरो सडकबाट अन्दाजी ४÷५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।