३ वर्षमा क्याम्पसको सुविधा सम्पन्न भवन र शैक्षिक गुणस्तरलाई अबल बनाउँछौँ-अध्यक्ष घिमिरे

| चैत २०, २०७९ सोमबार

A A A
A A A

२० चैत, रामेछाप । गौरीशंकर बहुमुखी क्याम्पस रामेछापका नवनिर्वाचित अध्यक्ष सन्देश घिमिरेले आगामी तीनका वर्षमा क्याम्पसको सुविधा सम्पन्न भवन बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘आउँदो तीन वर्षमा नयाँ भवन जसरी पनि बनाउँछु । क्याम्पस सुधारका धेरै काम गर्नु छ । ती क्रमैसँग हुन्छ ।’

 

आइतबार सदरमुकाम मन्थलीमा क्रियाशील पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् । उनी गत शनिवार पुरानो सदरमुकाम रामेछाप डाँडा स्थित गौरीशंकरको क्याम्पसको अध्यक्षमा निर्विरोध चयन भएका थिए । 

 

उनले थपे ‘पहिलो बैठकबाट भवन बाउने विषयले प्राथमिकता पाउने छ । अध्यक्षको हैसियतले आपसी सहमतिमा क्याम्पस सुधारका कामसँगै भवन निर्माणलाई लिएका छौँ । 

 

त्यसको लागि आफूले योजना तयार पारेको सुनाए । ‘जिल्लाकै पहिलो र पुरानो क्याम्पसका रूपमा परिचित यो क्याम्पस वर्षौँ देखि सञ्चालन हुँदै आएको छ । तर, क्याम्पस हाता भित्र अहिले पनि दर्जनौँ समस्या छन् । विद्यार्थी सङ्ख्यामा कमी छ । यस्ता यावत चुनौतीका बाबजुद पनि मैले कार्यकाललाई अवसरको रूपमा उपयोग गरेर सबै खालको सुधारको प्रयासमा हुने छ ।’

 

शनिवार सम्पन्न क्याम्पस सभाले घिमिरेको अध्यक्षतामा लक्ष्मण कुमार घिमिरे, कुमारी हायु र सरोज कटुवाललाई चयन गरेको छ ।