रामेछाप आएर प्रधानसेनापति शर्माले अवकास प्राप्त सैनिकलाई भने ‘सैनिक हुँदा सिकेका ज्ञान र सीपलाई सधैँ राष्ट्रको हितमा प्रयोग गर्नु’(भिडिओ)

| चैत २१, २०७९ मंगलबार

A A A
A A A

२१ चैत, रामेछाप । प्रधानसेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकको जीवनलाई सहज बनाउनको लागि नेपाली सेना प्रयत्नशील रहेको बताएका छन् । उनले भने ‘हामी तपाईँहरूको जीवन थोरै भए पनि केही सहज र सरल बाउन लागि परेका छौँ । तपाईँहरू आ–आफ्नो ठाउँबाट समाजमा सकारात्मक परिवर्तनको लागि लग्नुहोला ।’

 

प्रधानसेनापतिले शर्माले थपे ‘लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गर्दै आएको ठाउँमा प्रयोग गर्दै सधैँ राष्ट्रको हितमा प्रयोग गर्नुहोला।’

 

तीन जिल्लाका भूत पूर्वक सैनिक सम्मेलनलाई रामेछापको मन्थलीमा सम्बोधन गर्दै मंलगवार उनले यस्तो बताएका हुन् । नेपाली सेनाले राष्ट्र र राष्ट्रियताको लागि महत्पूर्ण भूमिका खेलको भन्दै प्रधानसेनापति शर्माले यो अझ बलियो र सुसङ्गठित बनाउने प्रतिबद्धता जनाए । साथै नेपाली नागरिकको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सधैँ एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रूपमा प्रस्तुत गर्न आग्रह गरे ।

 

शान्ति सेनाबाट प्राप्त रकमको केही अंशबाट स्थापित कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै सीमित स्रोत–साधनका बाट शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियत सेवा सुविधा उपलब्ध गराउन लागि परेको सुनाए । ‘यसलाई हामी थप सेवा विस्तार र सहुलियत सुविधा दिनको लागि नेपाली सेना प्रयत्नशील रहेको छ ।’

सेनाले विश्वसामु देशको शिर उच्चो बनाएको स्मरण गर्दै भने ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।’ त्यस्तै प्रधानसेनापति शर्माले सेनाले विकास निर्माण, सीमा सुरक्षा र वातावरण संरक्षणमा भूमिका खेल्दै आएको बताए । 

 

सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्यान्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्विल चियर’ तथा बैसाखी हस्तान्तरण, ज्येष्ठ अवकाश प्राप्त सैनिक, लगायतलाई सम्मान गरिएको थियो । 

 

के-के भने प्रधानसेनापति प्रभुराम शर्मा भिडिओमा हेर्नुहोस् ।