यस्तो छ प्रधानसेनापति शर्माले रामेछापमा सम्पन्न ‘भूपू सम्मेलन’ मा गरेको सम्बोधन (पूर्णपाठ)

| चैत २२, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

२२ चैत, रामेछाप । हिजो मंगलवार रामेछापको सदरमुकाम मन्थलीमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । 

सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहित रामेछाप, दोलखा र सिन्धुलीका पूर्व सैनिक तथा सैनिक एकल महिलाहरू, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

यस्तो छ पूर्णपाठ पढ्नुहोस् 

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज मिति २०७९ चैत्र २१ गते दोलखा, रामेछाप र सिन्धुली जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । श्री नं‍ ९ बाहिनी अड्डा अन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोह स्थल रामेछापको मन्थलीमा प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा हुनुहुन्थ्यो भने अन्य दुई समारोह स्थल क्रमशः दोलखाको चरिकोट र सिन्धुलीको माझिटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री हेमराज के.सी. र श्री नं. २७ बाहिनी पति सहायक रथी श्री भरतचन्द्र गुरुङ हुनुहुन्थ्यो । 

 

२ सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलहरुका सहभागीहरूलाई समेत Live Multicast द्वारा प्रधान सेनापतिले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रधान सेनापतिले सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित कार्यक्रमहरूमा भइरहेको विस्तारका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अवकाशप्राप्त जीवनयापनका क्रममा सङ्गठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधिभित्र रही एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रूपमा आ–आफ्नो क्षेत्रबाट समाज विकासको लागि एक भरोसादार व्यक्तिको रूपमा आफूलाई स्थापित गर्न पूर्व सैनिकहरूलाई आव्हान गर्नुभयो । 

 

३ सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै सीमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीहरुलाई सुविधा उपलब्ध गराउँदै आइरहेको बताउँदै प्रधान सेनापतिले Welfare Vision 2030 अनुसार कल्याणकारी सेवा सुविधा विस्तारमा नेपाली सेना कटिबद्ध रहेको बताउनु भयो । सोही क्रममा उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तति र एकल महिलालाई नेपाली सेनाले सदैव महत्त्वका साथ हेर्दै आएको र यसको निरन्तरता स्वरूप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरू सञ्चालन भइरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततिलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनु भयो ।

 

४ मूल समारोह स्थलमा दोलखा जिल्ला निवासी ९४ (चौरानब्बे) वर्षका मानार्थ उप सेनानी कटक बहादुर तामाङ (अ.प्रा. र स्वर्गीय सिपाही रत्न बहादुर खड्का (अ.प्रा. को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ (अन्ठानब्बे) वर्षकी एकल महिला श्रीमती लिला माया खड्कालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु उद्यमी–व्यवसायीहरू दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका ५ (पाँच) जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ५ (पाँच) जनालाई व्हिल चेयर तथा बैसाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक वितरण गरिएको थियो । यस्तै, चरिकोटस्थित समारोह स्थलमा दोलखा जिल्ला निवासी ९६ (छयानब्बे) वर्षका हुद्धा चन्द्र बहादुर कार्की (अ.प्रा. र स्वर्गीय अमल्दार रङ्गध्वज कार्की (अ.प्रा) को श्रीमती दोलखा जिल्ला निवासी ९४ (चौरानब्बे) वर्षकी एकल महिला श्रीमती मान कुमारी कार्कीलाई सम्मान गरिनुका साथै फरक क्षमता भएका तथा अशक्त २ (दुई) जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो । त्यसै गरी, सिन्धुलीको माझिटारस्थित समारोह स्थलमा फरक क्षमता भएका तथा अशक्त ३ (तीन) जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।

 

५ भू.पू. सैनिकहरूको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि उपरथी डा। सुनिल कुमार सिंह आ.प्रा. तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महा सचिव प्रमुख सेनानी श्याम सुन्दर घिमिरे आ.प्रा.ले मन्तव्य राख्नुहुँदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गर्नुभयो । उहाँहरूले देश र संस्थाको हित हुने कार्यमा समर्पित रहन अवकाश प्राप्त सैनिकहरू तत्पर रहेको बताउनु भयो । बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तव्य राख्नुहुँदै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिहरूको पुनरावलोकनका लागि सहयोगी हुने कुरा बताउनु भयो । 

 

६ कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी वृन्द तथा अधिकृतहरू, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल आ.प्रा. जनप्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै संचारकर्मीहरुको उपस्थिति रहेको   थियो । सम्मेलनको अवसरमा तीन वटै समारोहस्थलहरुमा सैनिक मेडिकल टिमद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ ।

 

७ आज सम्पन्न सम्मेलनसँगै यस वर्षको भूतपूर्व सैनिक सम्मेलनका कार्यक्रमहरू सम्पन्न भएका छन् ।