कौछिनी बोलेरो दुर्घटना अपडेट : उपचारको क्रममा थप एकको मृत्यु, ३ जना काठमाडौँ रेफर

| चैत २३, २०७९ बिहिबार

A A A
A A A

२३ चैत, रामेछाप । आज भटौलीको कोछिनीमा भएको बोलेरो दुर्घटनामा थप एक जनाको उपचारको क्रममा ज्यान गएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । यसअगाडि दुर्घटना स्थलमै ४ जनाको मृत्यु भएको थियो ।

 

मन्थली अस्पतालमा उपचारको क्रममा बा ११ च ५५३ नम्बरको बोलेरो चालकको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

दुर्घटनामा सोही ठाउँका जेसुन थोकर, ज्यानरानी तामाङ, नन्द माया भण्डारी र ११ वर्षीय बालिका लाक्पा शेर्पाको घटना स्थलमै मृत्यु भएको दुर्घटना स्थलबाट स्थानीय एवं नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

रामेछाप प्रहरीका सूचना अधिकारी ढकालका अनुसार ३ जनालाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । उनीहरूको परिचय खुल्न बाँकी छ । बोलेरोमा १२ जना सवार रहेको प्ररम्भीक अनुसन्धानबाट खुलेको छ । दुर्घटना के कारणले भएको खुलेको छैन् । यद्दयपी उकालोमा ब्रेक नलागेर दुर्घटना भएको भनिएको छ । 

 

सडकबाट लगभग ७० मिटर तल खस्दा बालिका सहित ४ जनाको घटना स्थलै ज्यान गएको हो । अन्यको मन्थली अस्पताल र रामेछाप समुदायिक अस्पतालमा उपचार जारी छ ।