डेढ महिना अगाडि पुर्पक्षको लागि थुनामा गएका लिखु तामाकोशीका ‘बिरे’को मृत्यु

| चैत २४, २०७९ शुक्रबार

A A A
A A A

२४ चैत, रामेछाप । जिल्ला कारागार रामेछापमा एक जना थुनुवाको मृत्यु भएको छ । उनको कारागार गएको डेढ महिनामा निधन भएको हो । 

 

आज शुक्रवार बिहान पेट दुखेको बताएका लिखु तामाकोशी ३  स्वाँरा घर भएका ५२ वर्षीय ‘बिरे’ भनिने बिरे दर्जीको मृत्यु भएको जिल्ला कारागार रामेछापका प्रमुख रूपलाल तामाङले रामेछाप टाइम्सलाई बताए । 

 

चक्कर लाग्यो, पेट दुख्यो भनेपछि हामीले यहाँको उपचार कक्षमा पठायौँ । यहाँ नसक्ने भनेपछि हामीले जिल्ला अस्पताल पुर्याएका थियौँ डाक्टरले उनको निधन भएको जानकारी गराए कारागार प्रमुख तामाङले भने । 

 

बिरे गत फागुन ४ गते कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका थिए । उनको शव पोस्ट मार्टम गर्न राखिएको छ । मृतकको परिवार त्यस तर्फ जाँदै गरेको र त्यसपछि हुने बताइएको छ ।