जिल्ला प्रशासन कार्यालय रामेछाप र खाँडादेवी गाउँपालिकालाई प्राधिकरणले दियो डढेलो नियन्त्रण गर्ने उपकरण

| चैत २४, २०७९ शुक्रबार

A A A
A A A

२४ चैत, रामेछाप । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय रामेछाप र खाँडादेवी गाउँपालिकालाई आगोलागि एवं डढेलो नियन्त्रण सम्बन्धि उपकरणहरू प्रदान गरेको छ । 

 

प्राधिकरणको कार्यालयमा जिल्ला प्रशासन कार्यालय रामेछाप र   खाँडादेवी गाउँपालिकाले छुट्टा छुटै गरेको माग अनुसार आगोलागि एवं डढेलो नियन्त्रण सम्बन्धि उपकरणहरू शुक्रवार छुट्टा छुटै प्राधिकरणले हस्तान्तरण गरेको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले प्रशासनको उक्त सामाग्री बुझेका छन् ।

 

रामेछाप जिल्ला प्रशासन कार्यालयबाट माग भएर आए बमोजिम आगलागी र डढेलो नियन्त्रण सम्बन्धी उपकरणहरु आज रामेछाप पठाइएको छ । जसमा पोर्टेबल फायर पम्प, प्राथमिक उपचारका सामग्री, डढेलो नियन्त्रणकर्ताहरुले प्रयोग गर्ने जम्पसुट, हेलमेट, फायर स्वाटर, ग्लोब्स लगायतका सामग्रीहरु छन् । pic.twitter.com/lV8FhvNtQN

— NDRRMA (@NDRRMA_Nepal) April 7, 2023

 

त्यस्तै खाँडादेवी गाउँपालिकाको सोही पालिकाका सवारी चालक युवराज थापाले बुझेका छन् । 

 

आगलागी र डढेलोको जोखिमलाई मध्यनजर गर्दै खाँडादेवी गाउँपालिका, रामेछापलाई माग भएर आए बमोजिम एकथान पोर्टेबल फायर पम्प पठाइएको छ । pic.twitter.com/60E93NJpjj

— NDRRMA (@NDRRMA_Nepal) April 7, 2023

प्राधिकरणले जिल्ला प्रशासनलाई माग अनुसार पोर्टेबल फायर पम्प, प्राथमिक उपचारका सामग्री, जम्पसुट, हेलमेट, फायर स्वाटर, ग्लोब्स लगायतका सामग्रीहरू प्रदान गरेको जनाएको छ । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकालाई एकथान पोर्टेबल फायर पम्प प्रदान गरिएको जनाएको छ । 

 

यस अगाडि जिल्लाको विभिन्न दुई दर्जन भन्दा बढी स्थानमा डढेलो लागेको थियो । जसले गर्दा यहाँ आगो लागि एवं डढेलो नियन्त्रणमा लिन चुनौती पूर्ण भएको थियो ।

 

 

साथै केही दिन यता पनि जिल्लाका विभिन्न वनमा डढेलो लागेको पाइएको छ । यसरी आगो लगाउनुको कारण भने खुल्न सकेको छैन ।