रामेछाप नगरपालिका ९ मा १ महिने हस्तकला र हाउस वाइरिङ सम्बन्धि तालिम सकियो

| चैत २५, २०७९ शनिबार

A A A
A A A

२५ चैत, रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ मा बाँसका हस्तकला र हाउस वाइरिङ सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ । 

 

स्थानीय ३५ जनाको सहभागितामा सञ्चालित उक्त तालिममा बाँसबाट नाङ्लो, सजावटका सामाग्री लगायतका विभिन्न घरयासी उपयोगी सामाग्री बुन्न सिकाइएको ग्रामीण बिजनेस प्रमोशन प्रा.लि.का कार्यकारी अधिकृत युवराज सुवेदीले रामेछाप टाइम्सलाई बताए । सुवेदीका अनुसार एक महिने उक्त तालिममा बाँसको हस्तकलामा २३ जना र हाउस वाइरिङमा १२ जना गरी ३५ जनाले गाउँमै सिप सिकेका हुन् । 

 

रामेछाप नगरपालिकाको आर्थिक र ग्रामीण बिजनेस प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित गरिबी निबारणका लागि लघु उधम विकास उक्त कार्यक्रममा वडा भित्रका महिला तथा पुरुषले खेर गइरहेको बाँसबाट उपयोगी सामाग्री बुनेर राम्रो आम्दानीको सिप सिकेका हुन् । 

 

सुवेदीका अनुसार वडा न ९ को टार भन्ने स्थानमा बाँस सम्बन्धि हस्तकला र भिमशेनथान भन्ने स्थानमा हाउस वाइरिङको सिप सिकाइएको थियो । 

 

शुक्रवार नगपालिका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता, वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ र उद्योग शाखा प्रमुख हरि भगत श्रेष्ठ सहितको उपस्थितिमा सहभागीहरूलाई प्रमाणपत्र सहित तालिम समापन भएको कार्यक्रम संयोजक अविनाश कार्कीले बताए । 

 

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख न्यौपानेले गाउँमै भएका कच्चा पदार्थ प्रयोग गरी रोजगारी सिर्जना गर्ने गरी सुरु गरिएको उद्यमी उत्पादन तालिमसँग निकै महत्त्वपूर्ण रहेको बताए । नगरप्रमुख न्यौपानेले स्थानीयको रोजगारी, आर्थिक उन्नति र समृद्धि जोडिएकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने ‘गरिबी निवारणको लागि उद्यमी उत्पादन गर्दै लघु उद्यम स्थापना गर्ने गरी सुरु गरिएको यो तालिममा यहाँ सहभागी भएका स्थानीयको गरिबी उत्थान र बेरोजगार उत्थानमा सहयोग पुग्छ । यस्ता तालिमले पचास वर्ष पछि सम्मको आर्थिक समृद्धिमा टेवा पुग्छ, त्यसैले यो तालिम एउटा मानिसको जीवन परिवर्तन गर्न सक्ने एउटा माध्यम हो ।’

 

नेपाल काँग्रेस रामेछापका निवर्तमान सभापति समेत रहेका न्यौपानेले तालिम सिकेर दक्ष जनशक्ति भइसकेकाहरूले व्यावसायिक रूपमा लघु उद्योग स्थापना गरी व्यवसाय गर्न चाहेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । 

 

यो तालिममा सहभागीहरूले निकै राम्रो सिप सिकेको आफूहरूले महसुस गरेको अधिकृत सुवेदीले बताए । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार