बाम्तिभण्डारमा सन्राइज बैंकले राख्यो बजार, स्कूल र मन्दिर क्षेत्रमा ‘डस्बिन’

| चैत २५, २०७९ शनिबार

A A A
A A A

२५ चैत, रामेछाप । सन्राइज बैंक लिमिटेड बाम्ती शाखाले बजार तथा टोल सफा राख्न मद्दत पुगोस् भन्ने उद्देश्यले फोहोर सङ्कलन ‘डस्बिन’ वितरण एवं व्यवस्थापन गरेको छ । 

 

शनिवार आज उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार स्थित शाखाले त्यहाँको मुख्य बजार, स्कूल र मन्दिर सहितको वातावरणलाई फोहोर मुक्त बनाउन भूमिका खेल्न उद्देश्यले कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै सङ्कलन गर्न मिल्ने गरी ‘डस्बिन’ राखेको शाखाका प्रबन्धक निरज ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

शाखा प्रमुख ढकालकाले भने ‘हामीले बैंकले वहन गर्ने सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत रत्नज्योती बजार, लुँभु स्कूल र मन्दिर क्षेत्रमा ‘डस्बिन’ वितरण गर्‍यौँ ।’

रत्नज्योति बजारमा डस्बिन राख्दै, तस्बिर स्रोतहरु निरज ढकाल

रत्नज्योजी बजार सो क्षेत्रको मुख्य बजार हो । साथै उक्त स्थान पर्यटकीय क्षेत्र समेत हो । पछिल्लो समय बजार बिस्तारको क्रममा रहेको हुँदा त्यहाँ फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । सो अवस्थालाई मध्य नजर गर्दै बैंकले फोहोर व्यवस्थापनमा चासो देखाएको हो ।

 

सोही वडाका वडा  अध्यक्ष खम्बध्वज बस्नेत सहितको उपस्थितिमा एक कार्यक्रमका बिच बैंकले ती ठाउँहरूमा फोहोर व्यवस्थापन गर्न उक्त ‘डस्बिन’ राखेको शाखा प्रमुख ढकालले जानकारी दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दे वडा अध्यक्ष बस्नेतले बैंकले  राम्रो कामको सुरुवा गरेको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

 

साथै सन्राइज बैंकले सो क्षेत्रमा गाउँपालिकामा भन्दा पहिला बाम्तीभण्डारमा शाखा विस्तार गरेर सेवा प्रदान गरेको स्मरण गर्दै सन्राइजले त्यहाँका जनताको आर्थिक कारोबारलाई सहज बनाएको बताए ।