भूत पूर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध

| चैत २५, २०७९ शनिबार

A A A
A A A

२५ चैत, रामेछाप । भूत पूर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध चयन भएका छन् । नेपाल पूर्व प्रहरी संगठनको आज शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । 

 

गठित समितिको प्रथम उपाध्यक्षमा रामबहादुर बरुवाल, द्वितीय उपाध्यक्षमा अर्जुनबहादुर खड्का, सचिवमा केशरबहादुर श्रेष्ठ चयन भएका छन् । 

 

त्यस्तै सह–सचिवमा क्षेत्रबहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह–कोषाध्यक्षमा यादव कुमार खड्का चयन भए । 

 

संगठनको विधान अनुसार क्षेत्रगत र समावेशीका आधारमा थप  ५ जना सदस्यहरू मनोनीत हुने छन् । भने, शनिवार सूर्य नेपाली, रत्न थापा, कृष्णबहादुर राना मगर, हेमबहादुर बरुवाल, पदमबहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी के.सी., सिताराम खड्का लगायत सदस्य बनेका छन् । 

 

यसअगाडि उक्त संगठनको अध्यक्षमा शरद लामा रहेका थिए । 

 

भूत पूर्व प्रहरी संगठनको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले भूतपूर्व प्रहरीहरूको प्रशंसा गरे । उनले पूर्व प्रहरीमा रहँदा भूत पूर्वहरूले ठुलो योगदानको गरेको भन्दै यसको थप वृत्ति विकास, हक अधिकार एवं सुविधाको लागि संगठन सशक्त भएर लाग्नु पर्नेमा जोड् दिए ।