नयाँ वर्षमा मन्थलीमा हुने ‘फुड फेस्टिबल’ ५० हजार दर्शकले अवलोकन गर्ने आंकलन (भिडिओ)

| चैत २६, २०७९ आइतबार

फाइल फोटो ।
A A A
A A A

२६ चैत, रामेछाप । नयाँ वर्ष २०८० सालमा रामेछापको मन्थलीमा हुने लागेको सांस्कृतिक एवं सडक महोत्सव (फूड फेस्टिबल) ५० हजार दर्शकले अवलोकन गर्ने आंकलन गरिएको छ । यो फेस्टिबल ५० हजारले अवलोकन गर्ने हाम्रो आंकलन छ  । 

 

रामेछाप उद्योग वाणिज्य संघको आयोजना मन्थली र रामेछाप नगरपालिकाको मुख्य प्रायोजन, रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघको सह आयोजनामा हुन लागेको दुई दिने महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

 

मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैंक सम्मको सडकमा २५ वटा स्टल हुने उनले जानकारी दिए । स्थानीय उद्योगी, व्यवसायीले उत्पादन गरेको उत्पादन,परिकार, सांस्कृतिक, रीतिरिवाज, लगाएको सेवा त्यहाँबाट सर्वसुलभ मूल्यमा उपलब्ध गर्ने आयोजकको भनाई छ । 

 

२ दिनसम्म चल्ने उक्त फेस्टिबललाई सफल पार्न विभिन्न १७ वटा सङ्घसंस्थाले सहयोगी गर्ने संघका प्रवक्ता समेत रहेका श्रेष्ठले जानकारी गराए । फेस्टिबललाई सफल पार्न विभिन्न समितिहरू गठन गरेर काम अगाडि बढाएको उनको भनाई छ । 

 

थप भिडिओमा हेर्नुहोस् के–के सुविधा हुने छ । 

सम्बन्धित समाचार विस्तृतमा पढ्नुहोस्
मन्थलीमा नयाँ वर्षमा दुई दिने सांस्कृतिक महोत्सव सहितको भव्य ‘फूड् फेस्टिबल’ हुँदै, यस्तो छ तयारी ?