सडक दुर्घटना न्यूनीकरण गर्ने उत्तम उपाय खोजेर १० दिन भित्र प्रतिवेदन बुझाउन रामेछाप प्रशासनले गठन गर्‍यो समिति

| चैत २७, २०७९ सोमबार

केही दिन अगाडि मन्थली ७ भटौलीको कोछिनीमा भएको सडक दुर्घटना, फाइल फोटो ।
A A A
A A A

२७ चैत, रामेछाप । रामेछापका सरोकारवालाहरूले सडक दुर्घटना न्यूनीकरण गर्न चासो देखाएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा सडक दुर्घटना बढ्न थालेपछि सरोकारवालाहरूको बैठक बसेर यसलाई न्यूनीकरण गर्न लाग्नु पर्नेमा जोड दिएका हुन् । 

 

जिल्ला भित्रका अधिकांश सडकहरू जीर्ण अवस्थामा रहेका र दिनानुदिन दिन सडक दुर्घटनाका घटनाहरू बढिरहेकोले सम्बन्धित निकायहरूलाई यात्रु वाहक सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रुहरूले यात्रा गरे,नगरेको चेकजाँच गर्ने र क्षमता भन्दा बढी यात्रुहरू बोकेको भेटिएमा नियमानुसार कानुनी कारबाहीलाई पनि कडाइ गर्दै लैजाने निर्णय गरिएको निर्णयमा उल्लेख छ । 

 

गत शुक्रवार जिल्ला स्तरीय सडक दुर्घटना तथा जोखिम न्यूनीकरण समितिको बैठक बसेर हाल सम्मको सडक दुर्घटनाको अवस्थाको विश्लेषण गर्दै यसको न्यूनीकरणमा जानु पर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । 

 

त्यसको लागि उक्त समितिले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । यो समितिले सडक दुर्घटना न्यूनीकरण गर्न उत्तम समाधान सहित कार्य योजना निर्माण गरेर १० दिन भित्र प्रतिवेदन समितिलाई पेस गर्नु पर्ने निर्णय गरेको छ । 

 

यो हेर्नुहोस् निर्णयहरु