रामेछापमा सञ्चालित एम्बुलेन्सहरूमा जी.पी.एस.जडान गरिने

| चैत २७, २०७९ सोमबार

फाइल फोटो ।
A A A
A A A

२७ चैत, रामेछाप । रामेछापमा सञ्चालित एम्बुलेन्सहरूमा जी.पी.एस. जडान गर्नको लागि सरोकारवालाहरूले चासो दिएका छन् । उक्त विषयमा यस अगाडि पनि छलफल भए पनि हाल सम्म जडान नभएकाले त्यसलाई थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सहरूको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । 

 

प्रमुख जिल्ला अधिकारी अनिता निरौला (सिडिओ) आएपछि उक्त विषयमा छलफल गर्दै जी.पी.एस. जडानको लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौडामा अनुरोध गर्ने निर्णय गरिएको प्रशासनले जानकारी गराएको हो । 

 

गत शुक्रवार बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा बिरामी ओसारपसार गर्ने भन्दा बाहेकका कार्यमा प्रयोग भएको पाइएमा सम्बन्धित निकायहरूमा जानकारी दिन पनि भनिएको छ । 

 

यहाँ सञ्चालनमा रहेका एम्बुलेन्सलाई थप व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको एम्बुलेन्स व्यवस्थापन समितिले भाडदारको लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमा पटाइएकोमा हालसम्म पनि कुनै जानकारी प्राप्त नभएको हुँदा आवश्यक निर्णयका लागि पुन अनुरोध गर्ने निर्णय गरेको उल्लेख छ । 

 

निर्णय हेर्नुहोस्