रामेछाप मन्थलीकी करिश्मा कार्कीले जितिन ‘डब्लुबीसी मुवाँथाई’को उपाधि

| चैत २८, २०७९ मंगलबार

A A A
A A A

२८ चैत्र, रामेछाप । रामेछाप मन्थली नगरपालिका वडा नं ५ सुनारपानीकी करिश्मा कार्कीले डब्लुबीसी मुवाथाई च्याम्पियन सिपको उपाधि जितेकी छन् । पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै कार्कीले फलाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् ।

 

प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको फ्लाई वेट विधामा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सुपर लाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फिदर वेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहलाई पराजित गरे ।

यस्तै, इलाइट एमेच्योरतर्फ आयवश गुरुङले छिरिङ पाल्देन शेर्पालाई, मिलन तामाङले रोहित कायतलाई, रजिना विष्टले सुष्मा चौधरीलाई, रमित महर्जनले जेन्जी राईलाई, प्रशान्त तामाङले प्रिन्स गुरुङलाई, अमृत गुरुङले अनिश रेग्मीलाई र रोशन घलेले सन्दीप कोप्रीलाई पराजित गरे ।

 

१० वटा फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडी सहभागी रहेका थिए । प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संघका अध्यक्ष राजु राईले बताएका छन् ।