रामेछापमा दीप प्रज्वलन गरेर नयाँ वर्षको भव्य स्वागत

| चैत ३०, २०७९ बिहिबार

A A A
A A A

३० चैत, रामेछाप । रामेछापको मन्थलीमा नयाँ वर्ष २०८० लाई दीप प्रज्वलन गरेर स्वागत गरिएको छ । आज राति १२ बजेदेखि २०८० साल लाग्दै छ । नेपालीहरूको नयाँ वर्षमा यहाँ युवाहरूले सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरेर भव्यताका साथ स्वागत गरेका हुन् । 

 

उनीहरू नयाँ वर्षको शुभकामना समेत आदान प्रदान गरिरहेका छन् । भोलि शुक्रवार नयाँ वर्षकै अवसर पारेर मन्थलीमा दुई दिने सांस्कृतिक सडक महोत्सव एवं फुड फेस्टिवल हुँदै छ । 

यसले पनि यहाँको नयाँ वर्षलाई थप रौनकता थपेको छ । यसरी अवसरमा युवाहरूले शुभकामना आदान प्रदान गर्दै नेपालीहरूको नयाँ वर्षको स्वागत गरेका हुन् ।