नयाँ वर्ष : उमाकुण्डको ताँमे डाँडामा आज वृहत् सांस्कृतिक तथा झाँकी प्रदर्शन सहितको भव्य मेला
१ वैशाख, रामेछाप । आज नयाँ वर्ष २०८० को पहिलो दिन । वर्षकै जेठो दिन । देश तथा विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाउँदै छन् । नयाँ वर्ष २०८० को पहिलो दिन पारेर आजै रामेछापको उमाकुण्ड गाउँपालिका गाउँपालिका स्थित ताँमे डाँडामा मेला लाग्ने भएको छ ।
नयाँ वर्षको अवसरमा उमाकुण्ड गाउँपालिकाको आयोजनामा शुभकामना आदान प्रदान र पहिचान सहितको झाँकी प्रदर्शन तथा उमाकुण्ड बृहत् सांस्कृतिक कार्यक्रममा हुन लागेको आयोजक पालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर पालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुभकामना आदान प्रदान र पहिचान सहितको झाँकी प्रदर्शन तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको सहितको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम हुन लागेको हो । सो पालिकामा बसोबास गर्ने विभिन्न जातजातिहरूलाई आफ्नो पहिचान झल्काउने झाँकीहरू प्रस्तुत हुने तयार छ। पछिल्लो समय नयाँ वर्षको अवसरमा स्थानीय तहहरूले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।
प्राकृतिक रूपमा सुन्दर डाँडालाई सजाइएको छ । साथै लालिगुरास सहितको उच्च डाँडाबाट मनोरम दृश्य अवलोकन गर्न पाइने छ ।
तस्विर जित नारायण श्रेष्ठ ।