एमाले सांसद श्रेष्ठले भने–‘उपनिर्वाचन पछि देशको राजनीतिक अवस्था परिष्कृत हुँदैछ, लोकतन्त्र उल्टिन्छ भन्नु मरेको मान्छे जिउँदो हुन्छ भन्नु जस्तै हो’ (भिडिओ)
२ वैशाख, रामेछाप । बागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले उपनिर्वाचन पछि देशको राजनीतिक अवस्था परिष्कृत हुने खुलासा गरेका छन् । अहिलेको लोकतान्त्रिक व्यवस्था प्रति कुनै न, कुनै रूपमा आवाज पटक–पटक उठ्न थालेकाले यसको विरुद्धमा लाग्ने विरुद्ध अब उपनिर्वाचन पछि तीन ठुला दल एक भएर लाग्ने उनको भनाई छ ।
‘यो उपनिर्वाचन पछि देशको राजनीतिक अवस्था परिष्कृत हुँदै छ । त्यसपछि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यो व्यवस्थाका विरुद्ध लाग्नेहरू विरुद्ध एक भएर लाग्दै छन् ।’ उनले थपे यो ठुलो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धि जोगाउन तीन दल एक ठाउँमा उभिँदै र नयाँ वर्षले नयाँ सोच, जोस सहित यो व्यवस्थालाई बलियो बनाउनु लाग्नु पर्छ।’
शुक्रवार रामेछापको मन्थलीमा सुरु भएको रामेछाप सांस्कृतिक कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले लोकतान्त्रिक व्यवस्था माथि पटक–पटक प्रहार भएकाले यसलाई बलियो बनाउनु लाग्नु पर्नेमा जोड् दिए ।
लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक संस्थामाथि बोल्नेहरू प्रति चेतावनी दिन चहान्छौं भने । ‘यही व्यवस्थाको कारण सबैले आफ्नो धारणा राख्न पाउनु भएको छ ।प्रश्न गर्न पाउन भएकाले पनि लोकतान्त्रिक व्यवस्थाको सही छ भन्ने पुष्टि गरेको छ । त्यसैले यसको विरुद्धमा बोल्ने र उल्ट्याउन खोज्नेको विरुद्ध लाग्नु पर्छ ।’
साथै लोकतन्त्र उल्टिन्छ भन्नु चिहानमा सुतिसकेको मान्छे फेरी उठेर आउँछ भन्नु जस्तै भएको टिप्पणी गरे । आर्थिक मन्दी नेपालको मात्रै समस्या नभएको बताउँदै यो विश्वको समस्या भएको सुनाए । आर्थिक मन्दिलाई चिर्नको लागि यस्ता मेला, महोत्सवले विशेष भूमिका खेल्ने भन्दै उद्योग धन्दा, कलकारखानाको स्थापना गरेर रोजगार मूलक बन्नु पर्ने बताए ।
‘नीति निर्माण, कानुन बनाएर मात्रै नहुने रहेछ । राजनीतिक व्यवस्थालाई परिष्कृति गर्दै कार्यशैलीलाई परिवर्तन गर्नु पर्ने र दक्ष जनशक्ति बनाउँदै बिदेसिने युवालाई स्वरोजगार बनाउनु पर्छ भने ।
दैनिक हजारौँको सङ्ख्यामा अन्तर्राष्ट्रिय एर्यपोट्मा युवाहरू पासपोर्ट बोकेर धाउने अवस्था बदल्न सक्नु पर्ने र रोजगारी दिन सक्नु पर्छ भने । त्यसको लागि तीनै तहका सरकार र निजी क्षेत्रले काम गर्नु पर्ने बताए ।
बहुराष्ट्रिय कम्पनी, उद्योग धन्दा खोल्नु पर्छ हाम्रा दाजुभाइ, दिदी-बहुिनीले यही काम पाउनु पर्छ । रेमिट्यान्सले देश चल्दैन भन्ने पुष्टि भइसके छ ।