भोलि देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुवाको औषधि खुवाइने

| बैशाख ५, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

५ वैशाख, रामेछाप । रामेछाप सहित देश व्यापी रूपमा भोलि बुधवार देखि भिटामिन ‘ए’, जुकाको औषधि खुवाइने भएको छ ।

 

वैशाख ६ र ७ गते ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूलाई राष्ट्रव्यापी रूपमा भिटामिन ‘ए’, १२ महिना देखि ५९ महिनाका बालबालिकाहरूलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरूलाई बालभिट्टा खुवाइने मन्थली नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाले एक सूचना जारी गर्दै उक्त औषधि खुवाउन लागेको जनाएको हो । सरकारले बालबालिकालाई यो औषधि खुवाउँदै आएको छ । 

 

मन्थली नगरपालिकाले भिटामिन र जुकाको औषधि सम्बन्धित नगरका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयं सेविकाले तोकिएको ठाउँमा गएर खुवाने जनाएको छ।