ढाँडे बजारकाे एक पसलमा आगो लागिबाट खाद्यान्न,इलेकट्रोनिक्स र कस्मेटिकका सामान जल्यो

| बैशाख ५, २०८० मंगलबार

A A A
A A A

५ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकाेशी गाउँपालिका वडा नं २ सैपुको ढाँडे बेसीमा पसल भएको घरमा आगो लागी हुँदा पसलका सामान जलेको छ । आगो मङ्गलवार बिहान २ ः ३० बजेको समयमा स्थानीय इम्रन तामाङको पक्की घरमा लागेको स्थानीय एवंं वडा सदस्य केेशर कार्कीले जानकारी दिए । 

 

उनका अनुसार तामाङको पक्की घरमा रहेको पसल सटर कोठाबाट आगो लागेको हो । आगो लागिबाट तामाङको इलेकट्रोनिक्स तथा लुगा र कस्मेटिक पसलका सामान पूर्ण रूपमा जलेको छ ।त्यस्तै सोही घरमा भाडामा बस्दै आएका कुमार गिरीको खाद्यान्न पसलका सामान पनि जलेको छ । 

आगो स्थानीय र सिरिसेबाट प्रहरी चौकीका प्रहरी लगायतको सहयोगमा नियन्त्रणमा लिएको छ । पसल कोठाबाट सल्किएको कारण मानवीय क्षेती भए हुन पाएन । आगो लागिबाट भएको क्षेतीको बारेमा अनुसन्धान भइरहेको शिक्षक कार्कीले जानकारी गराए । 

तस्बिर स्रोत केशर कार्की