१३ औं बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड सम्पन्नः रामेछापले ३ रजत र ५ कास्य पदक मात्रै जित्यो

| बैशाख ५, २०८० मंगलबार

A A A
A A A

५ वैशाख, रामेछाप । १३ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज मङ्गलवार सम्पन्न भएको छ । जसअनुसार रामेछाप जिल्ला प्रदेश खेलाडी छनोटमा कमजोर खेल प्रर्दशन गरेको छ । 

 

गत ३ गते देखि काठमाडौँमा प्रदेशका १३ जिल्लाको सहभागितामा भएको खेलमा रामेछापले कूल ७ वटा पदक मात्रै जितेको रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार ३ रजत र ५ कास्य पदक मात्रै रामेछापले हात पारेको हो । जसमा छात्राले उपलब्धि हात पार्न बल गरेका छन् ।  छात्रा तर्फ सट फुटमा सजनी तामाङले रजत, ४ सय मिटर दौडमा भगवती खड्का, कराते तर्फ वर्षा श्रेष्ठ (४५.४) ले रजत पदक जिताएका हुन् । 

त्यस्तै ज्याब्लिङ थ्रो तर्फ अरुणा मानन्धरले कास्य पदक जितेकी छन् । भने, छात्र तर्फ ज्याब्लिङ थ्रो तर्फ सञ्जय मानन्धरले कास्य पदक जितेका छन् । छात्रा तर्फ ३ हजार मिटर दौडमा भगवती खड्काले कास्य पदक जितेकी छन् । भने, कराते तर्फ ४५ केजीमा संस्कार पौडेलले कास्य पदक जितेका हुन् । 

छात्रा तर्फ ४ इन्टु ४०० रिले दौडमा भगवती खड्का, सम्पदा भुजेल,मुना देवी माझी र सम्झना शाहीले कास्य पदक जित दिलाएका हुन् । जितेकाहरूले प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । 

 

अन्य खेलमा रामेछाप कमजोर रहेको स्वीकार गर्दै जिल्ला खेलकुद विकास समितिले छात्रा तर्फ बलियो टिमसँग प्रतिस्पर्धा पर्दा हार व्यहोर्नु परेको बताएको छ । 

 

‘अरू खेलमा त, हामी कम्जोरनै हौँ । तर, छात्रा भलिबलमा आशा थियौ । काठमाडौंसंग प्रतिस्पर्धा भयो । एक खेलबाहेक जित्न सकेन जिल्ला खेलकुद विकास समितिका अर्जुन कार्कीले रामेछाप टाइम्ससंग भने ।’