आर्थिक मन्दीले व्यवसायी पलाएन हुने स्थिति भएपछि पत्रकार महासंघ रामेछापले भाडा घटायो

| बैशाख ६, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

६ वैशाख, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले घर भाडामा बसेकाहरूलाई भाडा छुट दिने एवं भाडा घटाउने भएको छ । यो भाडा छुट पाउनको लागि भने भाडामा बस्दै आएकाले पहिलेको भाडा बापतको रकम पूरै तिर्नु पर्ने महासङ्घको भनाई छ । 

 

बुधवार महासङ्घका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा बसेको सङ्घको विशेष बैठकले पछिल्लो समयको आर्थिक मन्दीको कारण व्यवसायीहरू धारासही बन्ने स्थितिमा पुगेको अवस्थालाई मध्य नजर गरेर भाडा घटाउन निर्णय गरिएको महासङ्घका कोषाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए । ‘ब्यापरिक प्रयोजनका लागि भाडामा लागेका सटरमा बस्ने व्यवासयीहरु  सटर नै बन्द गरेर÷छोड्नु पर्ने स्थिति आएको त्यसैले भाडा घटाएका हौँ ।’ 

 

जस अनुसार पहिलो र दोस्रो तलामा भाडामा बस्दै आएकाहरूले छुट पाउने छन् । महासंघले एकै पटक दुई हजार भाडा घटाएको हो ।

 

हामीले घटाएको भाडा सुविधा पाउनको लागि भने पहिलेको भाडा चुक्ता गर्नु पर्छ । त्यसपछि १२ हजार भएको कोठाको १० हजार, ८ हजारको कोठाको ६ हजार मात्रै तिर्नु पर्छ अध्यक्ष नयाँ घरेले भने ।

 

त्यस्तै बैठकले जिल्लाका क्रियाशील पत्रकारहरू, महासङ्घका सदस्यहरूको क्षमता वृद्धिको लागि तालिमको आयोजना गर्ने, महासङ्घको वेबसाइट बनाउने निर्णय गरेको सहसचिव रामचन्द्र विकले जानकारी दिए । 

 

त्यस्तै स्थानीय तहहरूसँग समन्वय गरेर त्यहाँको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्‍याउने लगायत जिल्लाको समसामयिक विषयमा छलफल गरेको सचिव तुलसीदेवी श्रेष्ठले जानकारी दिइन् ।