खसी चोरेर बेच्दै गर्दा प्रहरीको फन्दामा

| बैशाख ८, २०८० शुक्रबार

A A A
A A A

९ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिका २ चुल्ठेपानीमा खसी चोरेर बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँको मजुवा बस्ने ३० वर्षीय हिमाल तामाङ रहेका छन् । 

 

तामाङले सोही वडाका मनोज बुढाथोकीको गोठबाट २ वटा खसी चोरी सित्खा बजारमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । तामाङलाई खसी सहित फेला पारेर खसी धनीलाईनै बुझाएको छ । 

 

खसी चोर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी गराइएको जिप्रका रामेछापले जनाएको छ । घटना गत ५ गते भएको हो ।