रामेछापमा कोरोना रोकथाम गर्न, १३ र १४ गते बुस्टर डोज, स्वास्थ्य प्रोटोकलमा कडाई

| बैशाख ८, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

८ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण दैनिक रूपमा बढेको भन्दै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण रोकथामलाई प्राथमिकता दिँदै रामेछाप प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो । कोरोनाको संक्रमण रोकथाम, नियन्त्रणमा थप सतर्कता अपनाई नागरिकको जीवनको सुरक्षा गर्न भन्दै गत वैशाख ०६ गते बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 

 

बैठकले सार्वजनिक सवारी साधन तथा बढी भिडभाड हुने स्थानहरूमा मास्क तथा स्यानिटाईजको प्रयोग लगायत स्वास्थ्य प्रोटोकल सबैले पालना गर्ने, स्वास्थ्य कार्यालयले सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सतर्कता अपनाउने, करोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको परीक्षण गर्ने आवश्यक व्यवस्था स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रामेछापले गर्ने निर्णय गरेको हो । 

 

साथै परीक्षणको दायरा बढाउन स्थानीय तहसँग अनुरोध गर्ने, स्वास्थ्य कार्यालय र स्थानीय तहबिच समन्वयमा आइसोलेसन बेडहरूलाई दुरुस्त अवस्थामा राख्ने र त्यसको जानकारी दिने, सबै स्थानीय तहले आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्न/गराउन तथा सन्देशमूलक प्रचार सामग्रीहरू तयार गरी प्रचारप्रसार गर्न, बुस्टर डोज खोप लगाउन अवधि पुगेका ५५ वर्ष माथिका नागरिकहरूलाई वैशाख १३ र १४ गते सञ्चालन हुने बुस्टर डोज खोपमा सहभागी गराउने र प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरेको निर्णय भएको रामेछाप प्रशासनले जनाएको छ ।