चट्याङले लाग्दा मन्थलीमा आमा छाेरी गम्भीर घाइते, काठमाडौं लगियो

| बैशाख ८, २०८० शुक्रबार

A A A
A A A

८ वैशाख, रामेछाप । आज असिना पानीसंगै परेकाे चट्याङ लागेर मन्थलीमा एकै घरका दुई जना गम्भीर घाइते भएका छन् । 

 

घाइते हुनेमा मन्थली नगरपालिका वडा नं ३ का शंकर कार्कीकाे श्रीमती सुमित्रा र कान्छी छाेरी अनिता छाेरी हुन् । उनीहरुलाई लुगा धुन गएकाे बेला परेकाे चट्याङले लागेको साेही वडाका अध्यक्ष कृष्ण गाेपाल थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनीहरुलाई राल्टार छेउकाे रनजाेर खाेलामा लुगा धुन गएकाे बेलामा परेकाे रहेछ, अध्यक्ष थापाले रामेछाप टाइम्ससंग भने । 

गम्भीर घाइते आमा र छाेरीलाई उद्धर गरी मन्थली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डाै पठाइएको छ ।


नगरपालिकाकाे समन्वयमा हामीले काठमाडौ पठाएका छाैं अचानक परेकाे चट्याङले लागेछ उनले भने । धेरै लामाे समयपछि शुक्रबार माैसममा परिवर्तन आएको थियाे । सदरमुकाम मन्थलीमा केही मिनेट असिना पानी परेकाे थियाे । भने, जिल्लाका विभिन्न ठाउँमा पानी परेको छ ।