चट्याङले मन्थली र दोरम्बामा क्षेतीः फुलासीको बौद्ध भत्कियो, फलाटेमा १५ बाख्रा मरे

| बैशाख ९, २०८० शनिबार

फुलासीमा चट्याङले भत्काएको बौद्ध, तस्बिर सामाजिक संजाल ।
A A A
A A A

९ वैशाख, रामेछाप । शुक्रवार अपराह्न परेको चट्याङ लागेर रामेछापको मन्थली नगरपालिका र दोरम्बा शैलुंङ गाउँपालिकामा क्षेती पुर्‍याएको छ । चट्याङले मानवीय सहित विभिन्न बौद्ध, सार्वजनिक स्थलहरू र पशुचौपाएमा क्षेती पुर्‍याएको हो । 

 

शुक्रवारै परेको चट्याङले मन्थली नगरपालिका वडा नं ३ कठजोरमा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरू थप उपचारको लागि काठमाडौँ लागिएको छ । भने नगरकै फुलासीको फुलासी बजारमा रहेको बौद्धमा क्षति पुगेको छ । 

 

असिना पानीसँगै परेको चट्याङ लागेर दोरम्बा सैलुङ गाउँपालिका वडा नं १ फलाटेका तुलाबहादुर तामाङको १५ वटा बाख्रा मरेको तामाङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

गोठमा बाँधेको बेलामा परेको चट्याङ लागेर बाख्रा मरेका हुन् ।